ठग्छन् भन्ने थाहा छ, तैपनि भोट हालियोः जीतबहादुर

काठमाडाैं | बैशाख ३०, २०७९

ठग्छन् भन्ने थाहा छ, तैपनि भोट हालियोः जीतबहादुर

पोखरा महानगर वडा १६ का जीतबहादुर परियारले बिहान साढे ७ बजे मतदान गरेका छन् । 

 

विन्दवासिनी मावि मतदानस्थलबाट भोट हालेर फर्किएपछि परियार सुनगाभा न्यूजसँग गफिए । ‘आफ्नो अधिकार प्रयोग गर्न आएको हुँ’ खासै उत्साहित नदेखिएका परियारले भने ‘नेताहरु झुठा छन्, गर्छन् भन्ने विश्वास पनि छैन तर ठग्छन् भन्ने थाहा भएपनि भोट हालियो ।’

 

गाउँमै सिंहदबार भनेर भनेपनि सबै गफै भएको जनताकालागि त्यो केवल गफ भएको उनको प्रतिक्रिया थियो ।

 

परिवारको सहारामा व्हिलचेयरमा मतदान गर्न आएका ६३ वर्षीय परियारले यसअघि ०७४ मा पनि भोट हालेको तर अपांगकालागि केही सुविधा नपाएको गुनासो पाेखे ।

 

‘मलाई ढाँट्छन् भन्ने स्योर छ’ अपांग परियारले भने ‘जुन जोगी आएपनि कान चिरेको भनेझैं हो ।’

 

स्वच्छ नेता चुन्न मतदान गरेपनि आफ्नो भोटको कदर नभएको तीतो पोख्दै उनले भने ‘आश्वासन दिनेबाहेक खासै केही भएन, जसले जीतेपनि खासै फरक पर्दैन ।’

 

जनतालाई गरेको वाचा यसपटकको निर्वाचनबाट पुरा होस् भन्दै उनले पुनः आशावादी हुनुबाहेक अर्काे विकल्प नभएको उनले सुनाए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्